दाहाल छटपटीको अन्तर्य

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पार्टी संगठन निर्माणमा सक्रियता बढेसँगै छटपटी पनि बढेको छ । कांग्रेस–एमालेको बलियो गठबन्धन बनेपछि सुरु भएको उनको छटपटी पछिल्लो समय झन् बढेको हो ।

उनको यो छटपटी सदन र सडक दुवै मोर्चामा प्रखर रूपमा देखिएको छ । कांग्रेस–एमाले गठबन्धन सरकारले सय दिन पूरा नगर्दै भदौ ११ मा संसदलाई सम्बोधन गर्ने क्रममा दाहालले चर्को आक्रोश पोखेका थिए । उनको त्यो अभिव्यक्तिलाई कांग्रेस–एमालेले सरकारबाट बाहिरिनु परेको छटपटीका रूपमा अर्थ्याएका छन् । त्यसपछि हरेक सार्वजनिक कार्यक्रममा उनको छटपटी झन् बढेको स्पष्ट देखिँदै आएको छ ।

कांग्रेस–एमाले गठबन्धनलाई कमजोर बनाउने रणनीति लिएका दाहालले पछिल्लो समय प्रतिपक्षमा रहेका गणतन्त्रवादी, पहिचानवादी, राजतन्त्रवादी नेताहरूसँग आगामी मोर्चाबन्दीबारे छलफल पनि सुरु गरेका छन् । संसदको आगामी हिउँदे अधिवेशनमा सदनमा विपक्षीको मोर्चाबन्दी गर्ने र देशव्यापी सडक अभियान चलाउने तयारी माओवादीको छ ।

दाहालले राजतन्त्र पुनर्स्थापनाको पक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसँग पछिल्लो पटक गरेको भेटवार्ता चर्चाको विषय बनेको छ । ‘कांग्रेस–एमाले गठबन्धन सरकारविरुद्ध आक्रोश पोख्दै दाहालले द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक भए पनि आफू देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा भएको बताएको’ मिश्रले समाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

‘राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो,’ दाहालको भनाइ उद्धृत गर्दै मिश्रले फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *