काठमाडौँ — नवप्रवेशी टोली यल टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग–२ मा बुधबार राउन्ड रोबिन लिग सकिँदा शीर्षस्थानमा उक्लिएको छ । यलले सर्वाधिक ४६ अंक जोडेको छ । यल मंगलबार २७ अंकसाथ तेस्रो स्थानमा थियो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी ४४ अंकसाथ दोस्रो र नेपाल पुलिस क्लब ४० अंकसाथ तेस्रो स्थानमा छन् ।
२८ अंकसहित एपीएफ क्लब चौथो, २६ अंकसहित रेड टाइल्स पाँचौं, २५ अंकसहित होप्स टेबलटेनिस एकेडेमी छैटौं र १२ अंकसहित ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब सातौं स्थानमा छन् ।
७ टिम सहभागी प्रतियोगितामा शीर्ष चारमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।