तिलोत्तमा — रुपन्देहीमा जारी ३६ औँ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा फुलबारी गाइज बुटवल विजयी भएको छ। तिलोत्तमा-६ कुन्जलापुरस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा उसले भैरव एफसी नवलपरासीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित रह्यो। खेलको ५५ औँ मिनेटमा फागुराम चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाए। त्यस्तै, ७९ औँ मिनेटमा अजित गुरुङले गोल गरे।
राज भुषालको क्रशमा गुरुङले दोस्रो गोल गरे। खेलको अतिरिक्त समयमा फागुराम थारुले ब्यक्तिगत दोस्रो तथा टिमलाई विजयी गोल गरे। उनी खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए।
बिहीबारदेखि क्वाटरफाइनल चरणका खेलहरू हुनेछन् । पहिलो क्वाटरफाईनलमा लिस्नु युथ क्लब र न्यु सिर्जना एफसीका बीच खेल हुने आयोजकले जनाएको छ ।