प्रदीपको ‘एक्टर लुक्स’

काठमाडौँ — फिल्म ‘स्केप’ बाट अभिनय क्षेत्रमा डेब्यु गरेका प्रदीप खड्काले त्यसयताको ९ वर्षभित्रै नायकका रूपमा ठूलै उचाइ नापिसकेका छन् । संख्यात्मक रूपमा उनका नौ वटा नै फिल्म प्रदर्शनमा आएका छन् । यतिबेला तिहारको छेको पारेर उनी अभिनीत फिल्म ‘एक्टर’ कात्तिक १५ देखि प्रदर्शनमा आउँदै छ । 

‘प्रेमगीत’ फेम्ड प्रदीप पछिल्ला फिल्म ‘प्रकाश’ र ‘पुजार सार्की’ पछि गम्भीर चरित्रमा पनि आफूलाई ढाल्न सक्ने अभिनेताका रूपमा देखिएका छन् । दुवै फिल्मको शीर्ष भूमिकाका लागि उनलाई निर्देशक दिनेश राउतले चरित्रमा खरो उतारेका थिए । यस पटक ‘एक्टर’ मा भने उनलाई राजन भुसालले निर्देशन गरेका हुन् । भुसालको यो पहिलो निर्देशकीय फिल्म पनि हो । फिल्ममा प्रदीपसँगै आना शर्मा र दिव्या रायमाझी मुख्य भूमिकामा छन् ।

आइतबार मात्रै सार्वजनिक गरिएका नयाँ पोस्टरमा प्रदीप दुवै अभिनेत्रीसँग देखिएका छन् । थमनकुमार भण्डारीको निर्माण रहेको फिल्म यिनै तीन पात्रको त्रिकोणात्मक प्रेमकथा वरिपरि घुमेको बताइएको छ । फिल्मको पटकथा आकाश बरालसँग मिलेर निर्देशक भुसालले तयार पारेका हुन् ।

One thought on “प्रदीपको ‘एक्टर लुक्स’

  1. It’s no secret that the digital industry is booming. From exciting startups to global brands, companies are reaching out to digital agencies, responding to the new possibilities available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *